ईलेक्ट्रिक हिटरबाट भएको आगलागीमा एक बृद्धको मृत्यु

   ६ माघ २०७७, मंगलवार १३:४२  

६ माघ, रौतहट । ईलेक्ट्रिक हिटरबाट आगलागी हुँदा आज बिहान काठमाडौंको कलंकीमा एक बृद्धको जलेर मृत्यु भएको छ ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ घर भएका ८४ वर्षीय शिवराम खड्काको आफ्नै घरमा बालेको ईलेक्ट्रिक हिटरबाट ओछ्यानमा सल्किएको आगोले जलेर मृत्यु भएको हो ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।