बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु

   ६ माघ २०७७, मंगलवार १२:०७  

६ माघ, रौतहट । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो ।

संक्रमणबाट मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको हिजो गएराति करिब ९ः३० बजेतिर मृत्यु भएको छ, भने सोही उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज बिहान करिब ६ः१५ बजेको समयमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमणका कारण  बाँकेका ५१ जनाको मृत्यु भएको छ ।