झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

   ६ माघ २०७७, मंगलवार ११:४५  

६ माघ, रौतहट । झापाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित प्रक्राउ पर्नेमा सुनसरी धरान १७ बस्ने २४ वर्षीय ईश्वर थापा र पाँचथर हिलिहाङ गाउँपालिका २ बस्ने २८ वर्षीय अरुण सुब्बा लिम्बु रहेको प्रहरीले जनाएको हो ।

शसस्त्र प्रहरी बल बिओपी काकरभिट्टाबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका ६ बाट ५० ग्राम ब्राउन सुगरसहित उनी दुई जनालाई नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थालाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।