धरानमा उपचाररत संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
६ माघ २०७७, मंगलवार ११:०६
६ माघ, रौतहट । धरानमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण आज बिहान एक महिलाको मृत्यु भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटा ४ की ७७ वर्षीया वृद्ध महिलाको मंगलबार बिहान करिब ६ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि उनी धनकुटा जिल्ला अस्पतालमा भर्ना भएका थिइन् । स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले रिफर गरेको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत पुस १४ गते भर्ना भई पीसीआर परीक्षण गराउँदा पुस १६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी उच्च रक्तचापको पिडित रहेकी पोखरेलले जानकारी दिए ।