तनहुँमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
५ माघ, रौतहट । तनहुँमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाका आवुखैरेनी गाउँपालिका २ आवुखैरनी बसपार्कनजिकै आइतबार गएराति करिब १ः४५ बजेको समयमा ट्रकको ठक्करबाट आवुखैरेनी गाउँपालिका ४ खस्राङवेशी घर भई हाल चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा बस्दै आएका २४ वर्षीय रोमन आलेको मृत्यु भएका प्रहरीले जनाएको हो ।
डुम्रेबाट मुग्लिनतर्फ आउदै गरेको ना ४ ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका आलेको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचारका लागि ल्याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा बिहान करिब ३ः४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय आवुखैरेनीले नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।