बलात्कारको आरोपमा ४५ वर्षीय पुरुष प्रहरी नियन्त्रणमा

   ५ माघ २०७७, सोमबार ११:३४  

५ माघ, रौतहट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २ च्यादुक गाउँका एक जनालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय पुरुषले सोही गाउँकी ३० वर्षीया महलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

आफूमाथि बलात्कार गरेको भन्दै माघ १ गते पिडित महिलाले प्रहरीमा उजुरी दिइएकी थिनन् । उजुरी दिएपछि धारापोरी प्रहरीचौकीको टोलीले आरोपीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिए ।

आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले जनाएको छ ।