ब्राउन सुगरसहित ३ जना फेला
५ माघ, रौतहट । झापामा ३ जनालाई प्रहरीले ब्राउन सुगरसहित प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह बस्ने लक्ष्मण दास, दमक घर भएका ३२ वर्षीय देवेन्द्र राई राम शाह रहेका प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले देवेन्द्रलाई घरबाट नै पक्राउ गरिएको र साथबाट २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिए ।
देवेन्द्रले दिएको बयानको आधारमा ब्राउन सुगरको स्थानिय डिलर संचालक गौरादह नगरपालिका–३ का लक्ष्मण दास र राम शाहलाई आइतबार साँझ मे ७प ९०८१ नम्बरको मोटरसाइकलमा लागु औषध बोकेर हिँडेको बेला प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई गौरादह नगरपालिका १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जनाएको छ ।