भिरबाट खसेर एक वृद्धको मृत्यु

   ३ माघ २०७७, शनिबार १२:५३  

३ माघ, रौतहट । सर्लाहीको बागमती नगरपालिकामा भिरबाट खसेर रौतहटको एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको चन्द्रपुर नगरपालिका वाड नम्बर १ बस्ने ६५ वर्षीय ललित बहादुर वाइवा रहेको प्रहरीले जनाएको हो ।

यही माघ १ गते (बिहीबार) साँझ करिब ७ः३०बजेको समयमा उनी मादक पदार्थ सेवन गरेर घरतर्फ जाने क्रममा सर्लाहीको बागमती नगरपालिका वाड नम्बर ११ स्थित झप्सी भिरबाट करिब ६० फिट तल खसेर गम्भीर घाइते भएका वाइवाको हरिवन स्थित निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।

शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको समेत प्रहरीले जनाएको छ ।