साढे २ वर्षीया बालिका बलात्कृत, १४ वर्षीय किशोर पक्राउ
३ माघ, रौतहट । काठमाडौंमा साढे दुई वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा परिवारसँग डेरामा बस्ने साढे २ वर्षीया बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो ।
बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष बस्नेतले जानकारी दिए ।