थप २७० जनामा कोरोना पुष्टि

   २ माघ २०७७, शुक्रबार १६:४०  

 

२ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रम्ण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

ययसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा ३ सय ९० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।

यसैबीच, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।