बालिका बलात्कार गर्ने आरोपी प्रहरी नियन्त्रणमा

   २ माघ २०७७, शुक्रबार १६:०७  

२ माघ, रौतहट । कपिलवस्तुमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कैलाली टिकापुर नगरपालिका ४ बस्ने ३२ वर्षीय बृजु भरलाई बिहीवार साँझ नै पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताएको छ ।