मोटरसाइकल दुर्घटना दुर्घटना हुँदा २ जनाको मृत्यु

   २ माघ २०७७, शुक्रबार १४:५१  

२ माघ, रौतहट । कञ्चनपुरको कृष्णपुर नगरपलिका ५ आमखैयामा बिहीबार साँझ २ वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १३ का आशिष जोशी र कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणीका जनक बोहरा रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएका छन् ।

कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से ६ प ३१६८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट गइरहेको सुप प्र. ०१–००८ प ७१५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको थियो । मृत्यु भएका दुवै मोटरसाइकल चालक नै रहेका समते जानकारी दिए ।

मोटरसाइकलमा सवार कैलालीको लम्कीचुहाका मिसन राठौर र कृष्णपुर २ बाणीका शंकर भारती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले जनाएका छन् ।