बाँकेमा उपचाररत संक्रमित महिलाको मृत्यु

   २ माघ २०७७, शुक्रबार १४:०२  

 

२ माघ, रौतहट । बाँकेमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

संक्रमणबा मृत्यु हुनमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धा महिला रहेकी अस्पतालले जनाएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना भएकी थिइन् । अस्पताल भर्ना भइ पीसीआर परीक्षण गराउँदा यही पुस २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।