नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि, ४०५ जना संक्रमणमुक्त

   १ माघ २०७७, बिहीबार १६:४७  

 

१ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको मनत्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ४ हजार ४ सय २६ रहेको छ ।

यस्तै, विगत २४ घण्टामा थप ४ सय ५ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन, भने योसंगै आजसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

यसैबीच, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६ जानको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।