यात्रुबाहक बसबाट लागूऔषधसहित एक जना पक्राउ
१ माघ, रौतहट । सर्लाहीबाट काठमाडौँ जादैँ गरेको यात्रुबाहक बसबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका – २ नागढुंगास्थित चेकपोस्ट्बाट लागूऔषधसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोसिरवारी गाउँपालिका–१३ बस्ने २३ वर्षीय उमेश गहतराज रहेका प्रहरीले जनाएको हो ।
आज बिहान ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गहतराजको झोलामा रहेको लागूऔषध पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार गहतराजको साथबाट लागुऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरिएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जनाएका छन् ।