गुल्मीमा जन्ती जादैँ गरेको जिप दुर्घटना

   १ माघ २०७७, बिहीबार १२:३१  

१ माघ, रौतहट । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको जिप दुर्घटना हुँदा भएको छ ।

ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जीपमा करिब १५ जना सवार रहेका स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिएका हुन् ।

जिपमा सवार बेउलाका बुवा प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीररका विभिन्न भागहरुमा चोट लागेको छ ।

उनीहरुलाई स्याङजाको मिर्मीतर्फ उपचारका लागि लगिएको छ । घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको बताइएको छ ।

घटनाको बारेमा विस्तृत विवरण आउँन अहिले बाँकी नै रहेको प्रहरीले जनाएको छ ।