मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु
१ माघ, रौतहट । धनगढीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।
धनगढीमा निर्माणाधीन हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी धनगढी ७ मनेहराको सडकखण्डको निर्माणाधीन कल्र्भट तल मृत फेला परेका प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चौधरी बिहान ५ बजे मृत अवस्थामा भेटिएको जनाए ।
‘उनी अनड्युटीमै हुनुहुन्थ्यो । दुर्घटना कति बेला भयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।