नेपालमा थपिए ४४५ कोरोना संक्रमित

   २९ पुष २०७७, बुधबार १६:४५  

 

२९ नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ४ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो

योसंगै, हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ३४ रहेका छन् ।

यस्तै, विगत २४ घण्टामा थप ४ सय १४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको डा. गौतमले जानकारी दिए ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ३७ पुगेको डा.गौतमले जनाएका हुन् ।