एक किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ, एक जना फरार
२९ पुस, रौतहट । बैतडीमा एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्, भने एक जना फरार भएको छ ।
पञ्चेश्वर गाउँपालिकाकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही पुस १५ गते घरमा कोही नभएको बेला २ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको थियो । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए ।
घटनामा संलग्न अर्का एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।