रजनीकान्तको फ्यानलाई अपिल–‘राजनीतिका लागि दबाब नदिनुहोस्’

   २९ पुष २०७७, बुधबार १३:४८  

२९ पुस, रौतहट ।

साउथका सुपरस्टार नायक रजनीकान्तले आफूलाई राजनीतिक दल खोलेर राजनीति गर्नका लागि बारम्बार दबाब नदिन फ्यानसँग अपिल गरेका छन् । उनले, आफू विविध कारणले राजनीतिमा आउन नसक्ने भन्दै कुनै दल नखोली जनताको सेवा गर्ने बताएका छन् ।

रजनीले फ्यानहरुलाई सम्बोधन गर्दै सामाजिक संजालमा पोष्ट गरेको चिठ्ठीमा भनिएको छ–‘मैले पहिलेदेखि नै विस्तारित रुपमा नै भनिसकेको छु कि म केही कारणले गर्दा राजनीतिमा आउन सक्दिनँ ।

कृपया मलाई बारम्बार दुःख दिने काम नगर्नुहोस् ।’ ७० बर्षका रजनीतका अनुसार, चेन्नइमा उनका फ्यानको ठूलो समुह एक भएर प्रदर्शन गरेका थिए र रजनीलाई राजनीतिमा नआउने फैसला फिर्ता लिन आग्रह गरेका थिए । एजेन्सी