लेनदेनको विषयमा विवाद हुँदा एक जनाको हत्या

   २९ पुष २०७७, बुधबार १२:०८  

२९ पुस, रौतहट । काठमाडौँमा एक जनाको शव फेला परेको छ ।

चन्द्रागिरी ७ घुमाउनेमा मंगलबार राति करिब ९ः१० बजेको समयमा लेनदेनको विषयमा विवाद हुँदा चन्द्रागिरी ७ घुमाउनेमा टहरामा बस्दै आएका ५२ वर्षीय होम बहादुर सुदारको हत्या भएको थियो ।

विवादको क्रममा चन्द्रागिरी २ का २२ वर्षीय रामकृष्ण तामाङले लौराले सुदारको टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।

प्रहरीले तामाङलाई मंगलबार राति नै पक्राउ गरेको छ । तामाङलाई हिरासदमा राखी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।