सर्लाहीबाट लागुऔषध गाँजासहित दम्पती पक्राउ

   २९ पुष २०७७, बुधबार ११:४९  

२९ पुस, रौतहट । सर्लाहीबाट १० किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका १३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।