बाघको छालासहित एक जना पक्राउ
२९ पुस, रौतहट । तारकेश्वर नगरपालिका ९ स्थित मनमैजुबाट बाघको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बालाजु क्षेत्रमा बाघको छाला अवैध रूपमा विक्री वितरण हुन लागेको गोप्य सूचनाका आधारमा खटिएको विशेष टोलीले वृषराज घलेलाई पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताएका हुन् ।
उनको कोठाबाट ६ फिट २ इन्च लम्बाइ र १ फिट २ चौडाइ भएको छाला बरामद भएको थापाले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले डिभिजन वन कार्यालय काठमाडौंमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।