आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

   २८ पुष २०७७, मंगलवार १५:०५  

 

२८ पुस, रौतहट । बाँकेमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ इसाइल खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका ४ बस्ने १७ वर्षीय रहिस खाँको हत्या गरेको अभियोगमा ३० वर्षीय दाई इसाइल खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनले वारिसी बाबा सामुदायिक वनमा गएको बेला टाउकोमा लाठी प्रहार गरी रसिहको सोमबार बेलुकी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नैनापुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।