कोरोनाका कारण रेडक्रसकर्मी युवाकोे निधन

   २८ पुष २०७७, मंगलवार १३:४४  

२८ पुस, रौतहट । बागलुङका रेडक्रसकर्मी युवाको कोरोना भाइरस (कोभिड १९)का कारण निधन भएको छ ।

जिल्लाको जैमिनी नगरपालिका–७ का ३७ वर्षिय युवाको आज बिहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो ।

ज्वरो आउने र स्वासप्रश्वासमा समस्या भएपछि यही पुस २१ गते धौलागिरी अस्पताल उपचारका लागि भर्ना भएका थिए ।
कोरोनासँग मिल्दाजुल्दा लक्षण भएकाले उनलाई त्यही अनुसार उपचार गरिएको थियो ।

पछि पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान उनको सघन उपचारकक्ष (आइसियु)मा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए ।