मोटरसाइकल र टिपर आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते
२८ पुस, रौतहट । हेटौँडा उपमहानगरपालिका ५ क्याम्पडाँडामा टिपर र मोटरसाईकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन्
सोमबार भएको दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका ६ चौघडाका १८ वर्षीय शिवभक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । घाइते भएका सोही ठाँउका १८ वर्षकै निरज राईको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ ।
कान्ति लोकपथमा हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३, ०३-००१ प ४०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर हिजो साँझ साढे ५ बजे आपसमा ठोक्किएका थिए ।
मृतक मोटरसाइकल चालक हुन या पछाडि सवार व्यक्ति हुन भन्ने खुल्न बाँकी रहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।