दार्चुलामा आज बिहान भूकम्पको धक्का

   २८ पुष २०७७, मंगलवार ११:३१  

२८ पुस, रौतहट । दार्चुलामा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

जिल्लाको सुनसेरा केन्द्रविन्दु भएर आज बिहान करिब ९ः४८ बजेको समयमा ४.२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का निकटवर्ती भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।