ट्याक्टर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

   २८ पुष २०७७, मंगलवार १०:४८  

२८ पुस, रौतहट । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका ९ चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका ४ छापुका ६० वर्षीय धननाथ योगीका मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका योगीलाई जिल्ला अस्पताल बाजुरामा ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

उनका अनुसार खाली रहेका ग्याँसका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटना हुँदा ट्याक्टर सडकभन्दा करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिए ।

ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।