बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु
२७ पुस, रौतहट । बाँकेमा कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा दाङका एक जना र सुर्खेतका एक जना रहेका हुन् ।
दाङको घोराही–२ का ३९ वर्षीय पुरुष र सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
दाङको घोराही २ बस्ने ३९ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि यही पुस १९ गते भेरी अस्पतालको आईसीयू कक्षमा उपचारका लागि उनी भर्ना भएका थिए । भर्ना भएपछि पीसीआर परीक्षण गराउँदा पुस २१ गते उनमा कोरोना पुष्टि भएको थियो ।
संक्रमण भएपछि उपचारका क्रममा सोमबार दिउँसो १२ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर–१३ बस्ने ५५ वर्षीय पुरुषको पनिआजै बिहान करिब ७ बजेतीर मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि यही पुस १८ गते पीसीआर परीक्षण गराउँदा त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा नै दुवै जनाको मृत्यु भएको छ ।