इटहरीमा पुरुषको शव फेला
२६ पुस, रौतहट । कोसी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको छ ।
इटहरी उपमहानगरपालिका– १० मा अन्दाजी ५०–५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको हो ।
आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको हाल पहिचान खुलेको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको निधारमा चोट देखिएको छ ।
चोट लागेका कारण पोष्टमार्टमका लागि शव विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । राजमार्गको घटना भएकाले हिट एन्ड रन वा मापसेका सेवन गरेर लडेको हुनसक्ने उनले बताए ।
यसबारे थप अनसन्धान भइरहेको प्रहरीले जाएको छ ।