सिरहामा स्रोत नखुलेको ३२ लाख नगदसहित एक जना पक्राउ

   २६ पुष २०७७, आईतवार १३:४६  

२६ पुस, रौतहट । सिरहामा स्रोत नखुलेको अवैध ३२ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाका सदरमुकाम सिराहा नगरपालिका(२२ हकपाराका ३९ वर्षीय शिवनाथ यादवलाई सोही नगरपालिका २१ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको शर्माले बताए ।