सुनको मूल्यमा आज ठूलो गिरावट
द नेपाल मिडिया
२६ पुष २०७७, आईतवार १२:४६
२६ पुस, रौतहट । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोलामा २३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९५ हजार ३ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, शुक्रबार तोलामा ९४ हजार ८ सय रुपैयाँ कायम गरिएको तेजावस् सुनको कारोबार आज ९२ हजार रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।
यस्तै चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ । शुक्रबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १ हजार २ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।