झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   २६ पुष २०७७, आईतवार १२:२७  

२६ पुस, रौतहट । झापामा मोटरसाइकल पल्टिदाँ एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा सोही नगरपालिका ११ बस्ने २७ वर्षीय छविरमण ढकालको मृत्यु भएको प्रहरीले जनाएको हो ।

पूर्व पश्चिम राजमार्गमा मे ३ प ९८९६ नम्बरको मोटरसाइकल करिब ९ बजेको समयमा अनियन्त्री भएर मोटरसाइकल पल्टिदाँ ढकाल गम्भीर घाइते भएका थिए ।

घाइते भएका ढकालको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा गएराति करिब ९ः४५ बजेतीर मृत्यु भएको प्रहरीले जनएको छ ।