बारामा १०२ किलो गाँजा र भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ पुस, रौतहट । बाराको निजगढ नगरपालिका १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ ।
शनिबार राति करिब ९ः४५ बजेतिर ८र१० जनाको समूहमा रहेका लागूऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली प्रहार गरेको थियो ।
तस्करसमूहबा गोली प्रहार भएपछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा खटिएको अस्थायी पोष्ट रतनपुरको टोलीले चाइनिज पेस्तोलबाट ५ राउण्ड हवाई फायर गरेको थियो ।
त्यसै क्रममा घटनास्थलबाट ५ वटा बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा र १ साथ भरुवा बन्दुकसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
तस्करका समूह फरार भएपनि प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ ।
तामाङमाथि हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको र फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।