बाँकेमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु
२६ पुस, रौतहट । बाँकेमा उपचाररत दुई कोरोना संकमितको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा दाङ बबईका एक जना र रोल्पा लिवाङका एक जना गरी थप दुई जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जानकारी दिएका हुन् ।
दाङ बबईका ८० वर्षीया वृद्ध महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि यही पुस ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर परीक्षण गराउँदा त्यसको भोलिपल्ट उनमा केरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्छि भएपछि वृद्ध महिलालाई भेरी अस्पताल नेपालगञ्जमा ल्याइएको समेत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।
यस्तै, रोल्पा लिवाङका ४२ वर्षीया महिलाको पनि आइतबार बिहाननै मृत्यु भएको केन्द्रले जानकारी दिए ।
यही पुस २५ गते कोरोना पुष्टि भई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि आएकी ती संक्रमित महिलाको पनि उपचारका क्रममा आज मृत्यु भएको केन्द्रले जनाएको छ । हाल बाँकेमा बाहिरी जिल्लाबाट आएका ८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।