संसद विघटनविरुद्ध रौतहटमा काँग्रेसको विरोध प्रदर्शन
२५ पुस, रौतहट । संसद विघटनको विरोध गर्दै आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेका छन् ।
यही पुस ५ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले शनिबार जिल्लाको गौर बीपी चौकदेखि भन्सारसम्मा विरोध प्रदर्शन गरेका हुन् ।
ओलीले गरेको संसद विघटन फिर्त लिन माग गर्दै आज काँग्रेस पक्षधरहरुले विरोध प्रर्दर्शन गरेका छन् ।