सप्तरीमा करेन्ट लागेर भाले हात्तीको मृत्यु
२५ पुस, रौतहट । सप्तरीमा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ ।
जिल्लाको खडक नगरपालिका–४ अमहामा दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
हात्तीको मृत्युको घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताए ।