आफ्नै बुहारीलाई जबर्जस्ती करणी गर्ने ससुरा पक्राउ

   २५ पुष २०७७, शनिबार १०:५३  

२५ पुस, रौतहट । मादक पदार्थ सेवन गरी आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार वर्षदेखि आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय ससुरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।