पोखरामा उपचाररत संक्रमित महिलाको मृत्यु

   २४ पुष २०७७, शुक्रबार १४:५५  

२४ पुस, रौतहट । पोखरामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ बस्ने ६२ वर्षीया महिला रहेकी गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएकी हुन् ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गराउँदा यही पुस २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति करिब ११ः४७ बजतिर संक्रमित महिलाकोे मृत्यु भएको हो ।

उनी मधुमेहका बिरामी समेत थिइन् ।