बिहीबार थपिए ४१२ कोरोना संक्रमित, ४८३ जना कोरोनामुक्त

   २३ पुष २०७७, बिहीबार १६:२५  

२३ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ खघण्टामा ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ । जसमध्ये हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप ४ सय ८३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ९ सय ३ पुगेको छ ।