युवती बलात्कार गर्ने आरोपी पक्राउ
द नेपाल मिडिया
२३ पुष २०७७, बिहीबार १२:४५
२३ पुस, रौतहट । स्याङ्जामा विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
भिरकोट नगरपालिका ५ घर भएका १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका ६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको हो ।
थापाले ती किशोरीलाई बिवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिए ।
यसबारे जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।