इरफान खानको अन्तिम फिल्म ठूलो पर्दामा देखिँदै

   २३ पुष २०७७, बिहीबार १२:२८  

२३ पुस, रौतहट ।

बलिउड देखि हलिउडसम्म पनि आफ्नो अभिनयका कारण निकै चर्चा कमाएका इरफान खानको मृत्यु भएको आज एक वर्ष भएको छ । २९ अप्रिल २०२० मा उनको निधन भएको थियो । क्यान्सरका कारण निधन भएपछि बलिउड शोकमा डुबेको थियो ।

अब तिनै इरफानको एउटा फिल्म ठूलो पर्दामा लाग्ने भएको छ ।

यो इरफानको अन्तिम फिल्म पनि हो । उनको अन्तिम फिल्म ‘द संग अफ स्कर्पियन्स’ छिट्टै रिलिज हुँदैछ । यो फिल्म अनुप सिंहले लेखेका हुन् । यसलाई सिंहले नै निर्देशन गरेका पनि हुन् ।

यो फिल्म अब केही दिनमा नै रिलिज गर्ने बताइएको छ । यो फिल्मको सुटिङ गर्दा इरफानको इन्डोक्राइन क्यान्सरको उपचार हुँदै थियो । एजेन्सी