विराटनगरमा लागूऔषधसहित एकजना पक्राउ

   २३ पुष २०७७, बिहीबार १२:१२  

२३ पु्स, रौतहट । भातरको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको एक जनालाई विराटनगरबाट लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १ कटहरी बस्ने ३३ वर्षीय शिव नारायण साह रहेका प्रहरीले जनाएको हो ।

नेपालतर्फ पैदल आउँदै गरेको साहमाथि शंका लागेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा साथबाट २ बोतल कोरेक्स, नाइट्राभेट २ थान, स्पासमोप्रोफेक्स २ थानसहित बुधबार राति नै प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

यसबारे उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।