राष्ट्रिय गौरवको आयोजनालाई प्रभावित पार्न केहीले अफवाह फैलाएको मेयरको दाबी
२३ पुस, रौतहट । राष्ट्रिय गौरवको महत्वाकाक्षी परियोजना अन्तर्गत रौतहटमा निर्माणधिन रहेको रेलवे लिक निर्माणका लागी वृन्दावन नगरपालिकाले नियमानुसार नै खोलाजन्य बस्तु निकाल्न अनुमति दिएको जनाएको छ ।
नगरप्रमुख रामस्नेही यादवले रेलवे अन्र्तगत रौतहटमा निर्माणाधिन रेल्वेको ट्रयाक निर्माणको लागि भएको सम्झौता अनुसार बागमती नदीको मटियार घाटबाट खोलाजन्य बस्तुको निकासीको अनुमति दिएको बताए ।
नगरप्रमुख यादवले केही व्यक्तिहरुले नगरपालिकाको बदनामी हुने गरि भ्रामक खबरहरु प्रकाशन, प्रशारण गरेर स्थानीयमा अफवाह फैलाउने काम गरेको दाबी गरेका छन । आफ्नो समेत चरित्र हत्या हुने गरी केही स्थानीय संचारमाध्यम र समाजिक संजालमा भईरहल भईरहेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
“असोज १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको चलानी नम्वर ३५७ को पत्रको अधारमा वृन्दावन नगरपालिकाको बोर्डको असोज २५ गते बसेको बैठकको निर्णय ६ अनुसार तथा नदीजन्य खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको कार्तिक ४ गतेको निर्णय नम्वर २ अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन विक्री तथा मापदण्ड २०७७ को दफा १२ को उपदफा १ र २ बमोजिम प्राथमिकता प्राप्त आयोजना पूर्व पश्चिम रेल निर्माणको हकमा शुल्क लिएर ५० हजार घनमिटर निकासी दिने निर्णय भएको हो ।” नगरप्रमुख यादवले भने “वागमती नदीको मटियार घाँटबाट वालुवा÷गिटी निकासी सम्बन्धि रौताहा÷हिमढुंगा–ठोकर÷कनकाई जेभीलाई गैरकानुनी रुपमा ठेक्का दिएको हो । ”
सोही निर्णय अनुसार हाल सम्म ३५ हजार घनमिटर निकासी भईसकेको छ भने बाँकी १५ हजार घनमिटर निकासी हुने क्रममा उनले बताए । सो आयोजना बाहेक अन्य कसैलाई पनि नगरपालिकाले उत्खननको अनुमति नदिएको र केही व्यक्तिले समाजिक संजाल र संचारमाध्यममा सत्यतथ्य नबुझेर भ्रामक समाचार सम्प्रेषण गरेकोमा मेयर यादवले आपती जनाएका छन । उनले राष्ट्रिय गौरवको महत्वाकाक्षी परियोजनालाई असर पार्ने कार्य नगर्न समेत अपील गरे ।
वृन्दावन नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले रेलवे निर्माणका लागी आफुहरुले नियमानुसार नै काम गरेको तथा बैठकको निर्णय र सम्बन्धीत निकायहरुको अनुगमन निरिक्षण पश्चात मात्रै उत्खननको ठेक्का दिएको बताए । वातावरणीय हिसाबले भौगोलिक अवश्थामा फरक नपर्ने गरि प्राथमिकताको आयोजना निर्माणको लागी नगरपालिकाले अनुमती दिएको उनले बताए ।