नेपालमा थपिए ४०९ कोरोना संक्रमित
२२ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा ६ हजार ७ सय ६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ जना महिला र २ सय ६५ जना पुरुष गरी जम्मा ४ सय ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै आजसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ रहेको छ । जसमध्ये हाल नेपालमा ५ हजार १ सय ३३ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै, बितेको २४ घण्टामा थप ४ सय ९५ जना कोरोना जितेर डिस्चार्ज भएसंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।
यसैबीच, कोरोनाका कारण बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ, भने यससंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ९९ पुगेको डा. गौतमले जानएका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप २ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंमा १ सय ५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना रहेका डा गौतमले बताए ।