महिलालाई बलात्कार गर्ने व्यक्ति पक्राउ

   २२ पुष २०७७, बुधबार १५:३०  

२२ पुस, रौतहट । सुनसरीमा एक महिलालाई बलात्कार गरेर फरार भएका आरोपी पक्राउ परेका छन् ।

सोमबार बेलुका २१ वर्षीया महिलालाई जबरजस्ती करण गरेर फरार भएका ईटहरी उपमहानगरपालिका ११ का ४० वर्षीय काशीराम चौधरीलाई मंगलवार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको हो

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सोही उपमहानगरपालिका ८ चिन्तन चौतारी नजिक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसबारे स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।