५ वर्षीया बालिका बलात्कृत; ३५ वर्षीय आरोपी पक्राउ

   २२ पुष २०७७, बुधबार १५:०२  

२२ पुस, रौतहट । दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नारायण नगरपालिका ८ बस्ने एक ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय रामबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले दिएका जानकारी अनुसार घरमा कोही नभएको बेला बालिकालाई बलात्कार गरेको गोप्य सूचनाका प्राप्त भए लगत्तै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको थियो ।

अदालतबाट म्याद थप अनुमति लिई पक्राउ परेका विकलाई प्रहरी हिरासतमा राखेर यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।