खैरो हेरोइनसहित दुई जना प्रहरी नियन्त्रणमा

   २२ पुष २०७७, बुधबार १४:२९  

२२ पुस, रौतहट । धरानबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १३ का २४ वर्षीय सचिन प्रधान र मोरङको केराबारी गाउँपालिका ५ का २४ वर्षीय सन्दीप राई रहेका प्रहरीले जनाएको हो।

इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शंकास्पद अवस्थामा प्रधानलाई फेला परेपछि शरीर खानतलासी गर्दा ७ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले बताए ।

प्रहरीले यसबारे थप सोधपुछ गर्दा प्रधानले केराबारी बस्ने सन्दीपबाट खरिद गरेको बयान दिएका थिए ।

पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।