गैंडाको आक्रमणबाट घटनास्थलमै महिलाको मृत्यु

   २२ पुष २०७७, बुधबार १३:४४  

२२ पुस, रौतहट । चितवनमा गैँडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ ।

आक्रमणमा परी मृत्यु हुनेमा रत्ननगर नगरपालिका ७ बस्ने ४२ वर्षीया माया तामाङ रहेकी छन् ।

मंगलबार चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।