दुईवटा भरुवा बन्दुकसहित एक् जना पक्राउ

   २२ पुष २०७७, बुधबार १३:३१  

२२ पुस, रौतहट । झापाको कचनकवल ७ स्थित पाथीभरा सामुदायिक वनमा सिकार खेल्न गएका एक जना दुईवटा भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिका ७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमुलाई बन्दुकसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिएका हुन् ।

बन्दुक बोकेर केही व्यक्ति सिकार खेल्न जंगलमा प्रवेश गरेको गोप्य सूचनाका आधारमा बिओपी पृथ्वीनगर र पाठामारीबाट गएको सशस्त्र प्रहरी टोलीले उनलाई मंगलबार साँझ करिब ५ बजेको समयमा हतियारसहित नियन्त्रणमा लिएको एसपी पाण्डेले जानकारी दिए । पक्राउ परेका माङमुलाई हतियारसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।